मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार दिने प्रस्ताव


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

स्वास्थ्य मन्त्रालयले क्यान्सरको किमो लिइरहेका, मिर्गौला फेल भई डायलासिस गराइरहेका र स्पाइनल इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने प्रस्ताव गरेको छ ।

स्वास्थ्य मन्त्रालयले उक्त प्रस्ताव आगामी मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरिरहेको जानकारी दिएको हो ।

बैठकले उक्त प्रस्ताव पारित गरेपछि मिर्गौलाको डायलासिस, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीले मासिक रुपमा उक्त रकम भत्ता स्वरुप प्राप्त गर्नेछन् ।

स्वास्थ्य मन्त्री दिपक बोहराका अनुसार सूर्तीजन्य पदार्थमा लाग्ने करबाट उठेको केही हिस्सा रकम मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिने बताए ।

सो रकम बिरामीको जीवन निर्वाहका लागि प्रदान गर्नका लागि बैठकमा प्रस्तावका लागि लग्न लागेको मन्त्री बोहोराले बताए ।

‘यस्ता रोगका बिरामी नेपालमा बढ्दो छ । उनीहरुकोे जीवन निर्वाहका लागि बिरामीहरुलाई मासिक पाँच हजार भत्ताको व्यवस्था गर्नको लागि यो प्रस्ताव मन्त्रीपरिषद्को वैठकमा लग्न लागिएको हो’ मन्त्री बोहराले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com