११ हजार कुपोषित बालबालिकालाई पोषणयुक्त पिठो वितरण


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

पुस ३ बर्दिवास, महोत्तरीका करिब ११ हजार कुपोषित बालबालिकाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पोषणयुक्त पिठो वितरण शुरु गरेको छ।

शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान शुरु भएको हो। अभियान जिल्लाभरिमा सञ्चालन हुने झाले बताए।

अभियान जलेश्वर, बर्दिवास, गौशाला, लोहारपट्टी, पिपरा, एकडारा, बलवा, रामगोपालपुर लगायतका ११ वटा स्थानीय तहमा सञ्चालन गरिने छ। ११ स्थानमा पोषण युनिट स्थापना गरेर पोषणयुक्त पिठो वितरण गरिने झाले जानकारी दिए।

महोत्तरीमा एक हजार आठ सय ८८ बालबालिकामा तिब्र कुपोषणको समस्या देखिएको छ भने नौ हजार बालाबालिका पनि कुपोषणको शिकार भएका जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com