पाकिस्तानको एउटा चर्चमा आत्मघाती आक्रमण, ९ को मृत्यु, ४४ घाइते


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

पुस ३ पाकिस्तानमा एउटा गिर्जाघरमा बन्दुकधारीहरुले आक्रमण गर्दा ९ जना मारिएको र अन्य कैयौं घाइते भएको विवरण प्राप्त भएका छन् । उक्त घटना क्वेटा शहरमा भएको थियो । क्वेटा, अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा छ ।

एएफपी समाचार संस्थाले प्रहरी अधिकारी अब्दुल रज्जाक चिमालाई उद्धृत गर्दै जनाएअनुसार आठ जनाको ज्यान गएको छ भने अन्य ४४ जना घाइते भएका छन् ।

‘मेथोडिस्ट’ गिर्जाघरमा प्रार्थना भइरहेका बेला आक्रमण भएको क्षेत्रीय गृहमन्त्री सर्फराज बुग्तीले स्थानीय सञ्चारमाध्यमलाई बताए ।

सन्दिग्ध आत्माघाती आक्रमण ठानिएको उक्त घटनामा कम्तीमा एकपटक विस्फोट भएको र त्यसपछि बन्दुकधारीहरुले गोली चलाएको विवरणमा जनाइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

क्वेटा क्षेत्रमा पछिल्लो खालका आक्रमण पटकपटक हुने गरेका छन् । त्यस्ता आक्रमण धेरैजसो हजारा शिया समुदायलाई लक्षित गरेजस्तो देखिन्छ । बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com