अष्ट्रेलियामा ‘उत्तर कोरियाली एजेन्ट’ माथि मुद्दा


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

सिडनीमा एकजना पुरुषलाई उत्तर कोरियाका लागि ‘एजेन्ट’को काम गरेको आरोपमा पक्राउ गरिएको अष्ट्रेलियाको संघीय प्रहरीले बताएको छ।

चान हान च्वेमाथि देशबाट हतियारको अवैधानिक निर्यात गर्न दलाली गरेको र आम विध्वंश मच्चाउने हतियार उपलब्ध गराउनेबारे छलफल गरेको आरोप लगाइएको छ।

प्रहरीले ५९ वर्षीय च्वेले संयुक्त राष्ट्रसंघीय र अष्ट्रेलियाली प्रतिबन्ध तोडेको आरोप पनि लगाएको छ।

अष्ट्रेलियामा ३० वर्ष भन्दा बढी समयदेखि बस्दै आएका चान विरुद्धको मुद्दा मुलुककै यस्तो प्रकृतिको पहिलो भएको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमाण

अष्ट्रेलियाको सन् १९९५ को आम विध्वंश मच्चाउने हतियार सम्बन्धी कानून अन्तर्गत मुद्दा लगाइएको पनि यो पहिलोपटक हो।

प्रहरीले चान “उत्तर कोरियाली उच्च अधिकारीसँग” सम्पर्कमा रहेको प्रमाण भएको बताएको छ।

गिरफ्तार
सिडनीको इष्टवुड क्षेत्रमा शनिवार गिरफ्तार गरिएको थियो

चानमाथि उत्तर कोरियाली शासकका लागि आय आर्जन गर्न उत्तर कोरियाको हतियार कार्यक्रम सम्बन्धी सेवा र बलिष्टिक क्षेप्यास्त्र प्रविधि लगायतका विशेष सेवा विदेशी निकायलाई बेच्न दलालको भूमिका खेलेको आरोप लगाइएको छ।

चानले उत्तर कोरियाबाट इन्डोनेशिया र भियतनामका समूहलाई कोइला बिक्री गर्न दलालको भूमिका खेलेको आरोप पनि लगाइएको छ।

आफ्नै घरबाट शनिवार राती गिरफ्तार गरिएपछि उनीमाथि ६ वटा आरोप लगाइएको छ।

धरौटी

आइतवारको पत्रकार सम्मेलनमा चान तीस वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका अष्ट्रेलियाली अंगिकृत नागरिक भएको प्रहरीले पुष्टी गरेको थियो।

प्रहरीले चानको गतिविधिले अष्ट्रेलियालीहरु “प्रत्यक्ष खतरा”मा नपारेको बताएको छ।

चानले दश वर्षसम्मको जेल सजाय पाउन सक्छन्।

उनलाई धरौटी दिन अस्वीकार गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com