प्रचण्ड पुगे लगत्तै ओली पनि पुगे बालुवाटार, के के हुँदैछ छलफल ?


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । आज बिहान साँढे ९ बजेदेखि बालुवाटारमा शुरू भएको छलफलमा सरकार गठन राष्ट्रियसभा गठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेको छ यो विषयमा पनि छलफल हुने स्रोतले जानकारी दियो । त्यस्तै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुनेछ ।

शुक्रबार हिजो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता ओली र प्रचण्डबीच छलफल भएको थियो ।

देउवा, ओली र प्रचण्डबीचको भेटलार्इ निकै चासोका साथ हेरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com