चर्चित गीत ‘साईली’मा फिल्म बन्ने, भएको छ गौरब र मेनुका नै मुख्य भुमिकामा रहने


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

नेपाली साङितिक दुनियामा एक किसिमको तहल्का पिटेको ‘साईली’ गीतमा अब फिल्म पनि बन्ने भएको छ । देश देखि बिदेश सम्मका लाखौं नेपालिको मन छोएको र रोएको गीत हो साईली । यहि हिट गीतको बिषयबस्तुलाई मुख्य पाटो बनाएर आज एक कार्यक्रम गरि फिल्म ‘साईली’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।हेमन्त रानाको कर्णप्रीय आवाजमा रहेको गीतको भिडियोमा गौरब पहारी र मेनुका प्रधानको अभिनय रहेको थियो ।

यी २ को अभिनयलाई पनि धेरैले मन पराएका थिए भने गौरब ‘साईला’ र मेनुका ‘साईली’ को उपनामले पनि चिनिएका छन् । निर्माणाधीन चलचित्र ‘साईली’मा पनि यिनै गौरब र मेनुका मुख्य भुमिकामा रहनेछन् ।फिल्म निर्माण घोषणा कार्यक्रममा गायक हेमन्त राना, नायक गौरब पहारी लगायत फिल्म संग सम्बन्धित हस्तिहरुको उपस्थिति रहेको थियो भने नायिका मेनुका प्रधान भने त्यहाँ देखिइनन्

जिएच ईन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुने फिल्म ‘साईली’को कथालाई रामबाबु गुरुङले लेखेका छन् भने उनी आफैले फिल्मलाई निर्देशन गर्नेछन् ।केही समय अगाडि नै ‘साईली’ फिल्म निर्माण गरिने हल्ला बाहिरिएको थियो तर उक्त हल्लाले सत्यताको औपचारिकता भने आज मात्रै पाएको हो । फिल्मलाई साईली गीतका गायक हेमन्त राना, नायक गौरव पहारि, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाले मिलेर लगानी गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com