पत्रकार आचारसंहिता २०७३ जारी(पूर्णपाठ)


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता २०७३’ जारी गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासङ्घ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गरेका हुन्।

आचारसंहिता जारी गरेपछि संयुक्त रुपमा काउन्सिल अध्यक्ष कार्की र महासङ्घ अध्यक्ष विष्टले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आचारसंहिता बुझाए। आचारसंहिता जारी गर्दै काउन्सिलका अध्यक्ष कार्कीले बदलिँदो पत्रकारितासँग आमसञ्चारमाध्यम र पत्रकारलाई थप जिम्मेवार र उत्तरदायी बनाउनका लागि नयाँ आचारसंहिता जारी गरिएको बताए।

उनले नयाँ आचारसंहितामा अनलाइन पत्रकारितालाई समेटिएको जानकारी दिए। ‘पहिलेको आचारसंहिता छापामाध्यममा बढी केन्द्रित थियो’ उनले भने ‘नयाँमा छापासँगै, रेडियो टेलिभिजन र अनलाइन माध्यमलाई पनि समेटिएको छ।’ अध्यक्ष कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि आचारसंहितामा समेटिएको जानकारी गराए। नयाँ आचारसंहिता जारीसँगै पुरानो ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४) खारेज गरिएको छ।

नयाँ जारी गरिएको आचारसंहितामा १५ बुँदामा पत्रकारितामा निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक अधिकारीले जानकारी गराए। उनकाअनुसार नयाँ आचारसंहितामा बालबालिका, महिला तथा पिछडिएका क्षेत्रका समाचार लेख्दा थप पालना गर्नुपर्ने र अनलाइन सञ्चारमाध्ययमले समाचार प्रकाशित गरेपछि हटाउन नपाउने नयाँ व्यवस्था गरिएको छ। यसैगरी प्रत्येक सञ्चारमाध्यमले आफ्नो छुट्टै आचारसंहिता बनाउन सक्ने र त्यसलाई काउन्सिलले अनुगमन गर्ने कुरा उल्लेख गरिएको छ।

आचारसंहिताको पूर्णपाठ

page-1 page-2 page-3

page-4page-5 page-6 page-7

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com