एमाले बैठक : प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा बिहीबारदेखि अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ।प्रतिवेदनमा छलफल गर्न ९ वटा समूह विभाजन गरी समूहका नेता र उपनेता चयन भएका छन्।

उनीहरुले २० मिनेटमा प्रस्तुति सक्नुपर्ने व्यवस्था गरिएको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए। बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिनेछन्।

बैठकका लागि राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन, प्रदेश संगठन कमिटी, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, स्थायी समितिका निर्णयहरुको अनुमोदन, केन्द्रीय आयोगहरुका प्रतिवेदन जस्ता कार्यसूची तय भएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com