नेपाल मेडिसिटीमा मिर्गौलाको पथरी फुटालेर गरिने उपचार विधि शुरु


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

ललितपुरको सैंबु भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गौलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ ।

‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गौलाको पथरी फुटाएर गरिने उपचार विधि हो । नेपाल मेडिसिटी अस्पतालले ल्याएको विश्व बजारको सबैभन्दा पछिल्लो र अत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन हाल नेपालमा प्रयोगमा रहेका अन्य इएसडब्लुएल मसिनको तुलनामा पथरी फुटाउने क्षमता बढिरहेको छ ।

अत्याधुनिक यस मिसिनको प्रयोगबाट मिर्गौलाको पथरी फुटाउँदा अन्य मेसिनभन्दा बिरामीलाई दुखाई कम हुने, मिर्गौलामा पनि कम चोट लाग्ने र विकीरणले पु¥याउने हानीसमेत कम हुने नेपाल मेडिसिटी अस्पतालका युरोलोजी विभागका प्रमुख डा महेशबहादुर अधिकारीले जानकारी दिनुभएको छ ।

मेडिसिटीले ल्याएको विश्वस्तरीय इएसडब्लुएल मेसिनको बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘यस मेसिनमा अल्ट्रासाउन्ड र फ्लोरोस्कोपी जस्ता प्रविधि जडित भए पनि हाल बजारमा उपलब्ध रहेका अन्य सेवा प्रदायककै शुल्कको हाराहारीमा मेडिसिटीले यो उपचार सेवा प्रदान गरिरहेको ।’’ नेपाल मेडिसिटी गैह्रआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको लगानीमा विदेशी नागरिकलाई समेत स्वास्थ्य उपचारमा आकर्षित गर्ने उद्देश्यसहित सञ्चालित अन्तर्राष्ट्रियस्तरको अस्पताल हो ।
रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com