भक्तपुरमा समानुपातिकतर्फ एमाले पहिलो


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ ।

एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको हो । नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

यसैगरी नेपाली काँग्रेसले २६ हजार ३९१ मत प्राप्त गरी तेस्रो भएको छ भने विवेकशील साझा पार्टीले आठ हजार ९५३, माओवादी केन्द्रले सात हजार ४०५, राप्रपा प्रजातान्त्रिकले तीन हजार २६६ र राप्रपाले तीन हजार १८३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो ।

भक्तपुरमा समानुपातिकतर्फ ४९ वटा दलले मत प्राप्त गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com