म्यादी प्रहरी नै आन्दोलनमा उत्रिए, वीरगञ्जमा चक्काजाम


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

२८ मंसिर, वीरगञ्ज । प्रदेश तथा प्रतिनीधि सभा निर्वाचनका लागि पर्सामा खटिएका म्यादी प्रहरीहरुले बिहिबार वीरगञ्जमा चक्काजाम गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले राज्यले तोकेको भन्दा कम सेवा सुविधा दिन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले जिल्ला प्रहरीमा गएर गुनासो गर्दा कुनै सुनुवाई नभएको भन्दै घण्टाघर चोकमा दिउँसो साढे ३ बजेबाट चक्का जाम गरेका छन् ।

पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई ६२ हजार दिएको भएपनि पर्सामा ४८ हजार मात्रै दिन लागेको आरोप उनीहरुले लगाएका छन् । पहिलो चरणको चुनावमा वितरण भए अनुसारकै पारिश्रमिक आफूहरुले पनि पाउनुपर्ने माग उनीहरुको छ ।

पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई भन्दा कम पारिश्रमिक दिन लागेपछि विरोध जनाएको म्यादी प्रहरी पि्रन्स मुखियाले बताए । ‘हामीलाई कम पारिश्रमिक दिने कुरा भएपछि हामीले विरोध जनाएका थियौं । प्रहरीले उल्टै लाठि चार्ज गरेर हामीलाई लखेटेपछि चक्काजाम गर्न बाध्य भयौं’ उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५५ दिनका लागि खटाईने उनीहरुले २० दिन काम गरे वापत पहिलो किस्ता २४ हजार पाईसकेका छन् भने अब ३५ दिन खटेको रकम पाउन बाँकी छ । कात्तिक ३ गतेबाट खटेको भएपनि नियुक्तीपत्र कात्तिक १२ गतेदेखि मात्रै रहेको म्यादी प्रहरीहरुको गुनासो छ ।

पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले भने म्यादी प्रहरीहरुले नबुझेका कारण समस्या सृजना भएको बताए । ‘कुनै एउटा अनलाइनले लेखेको गलत समाचारको आधारमा उनीहरुले हाहल्ला गरेका छन्’ उनले भने, ‘राशन भत्ताका कारण हिमाली, पहाडी र तराईका जिल्लामा रकम केहि तलमाथी हुन्छ, राज्यले तोकको पारिश्रमिक सिधै उनीहरुको खातामा जान्छ ।’

जिल्ला प्रहरी कार्यालयले २० दिन काम गरेको रकम उनीहरुको खातामा गइसकेको र ३५ दिनको पारिश्रमिक अब खतामा पठाईने जनाएको छ । प्रदेश र प्रतिनीधि सभा निर्वाचनका लागि पर्सामा एक हजार ८ सय १६ जना म्यादी प्रहरी छनौट गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com