अस्पतालको बेडबाट दिपेश पुनले भने– पुनर्जीवन पाको छु, समाजका लागि केही गर्छु (भिडियो)


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

काठमाडौं, २८ मंसिर । गाडी दुर्घटनामा गम्भीर घाइते अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा चर्चित युवा समाजसेवी दिपेश पुनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको छ ।

रोल्पामा भएको गाडी दुर्घटनामा घाइते दिपेशको चार दिनदेखि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएको छ ।

तर, स्वास्थ्य स्थितिबारे शुभेच्छुकहरुलाई जानकारी दिनका लागि आग्रह गरिएपछि उनले स्वास्थ्यलाभको कामना गर्ने सबै शुभेच्छुकलाई धन्यवाद दिएका छन् । उनले दुर्घटनाबाट पुनर्जीवन पाएको बताउँदै आगामी दिनमा समाजका लागि केही गर्ने बताएका छन् ।

पूरा भिडियो हेर्नुहोस–

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com