समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो र माओवादी तेश्रो स्थानमा


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ ।

निर्वाचन आयोगले समानुपातिक तर्फ १ करोड ५ लाख मत खसेको बताएको छ । जम्मा खसेका मध्ये हालसम्म नेकपा एमालेले २५ लाख ६८ हजार ४०५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ८३ हजार ३८६ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख १७ हजार १०६, संघीय समाजवादी फोरमले ३ लाख ४५ हजार मत कटाएको छ । राजपाले २ लाख ९१ हजार, राप्रपाले १ लाख ६८ हजार, विवेकशील साझा पार्टीले १ लाख ६८ हजार, नयाँ शक्ति पार्टीले ६७ हजार मत ल्याएको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६२ हजार, राष्ट्रिय जनमोर्चा ४० हजार मत पाएका छन् । अरु दलले २ लाख ६३ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com