रसुवागढी नाकाबाट आयातमा वृद्धि, दैनिक एक करोड राजस्व असुली


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

मंसिर– रसुवा,२८ उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको हो ।

स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ । सरदरमा दैनिक रु एक करोड राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालु आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताए ।
भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com