बेनी अस्पतालको पचास शैया क्षमत्ताको भवन निर्माण कार्य सुरु


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

मंसिर २८, म्याग्दी,। म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालको पचास शैया क्षमत्ताको सुबिधासम्पन्न भवन निर्माण सुरु भएको छ ।

दुई वर्षअघि क्षमत्ता विस्तार भएको अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत भवन निर्माणको काम सुरु गरेको हो ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने ४ तले भवन बनाउने ठेक्का महादेव खिम्ती ज्वाला सफीना जेभीले पाएको छ । वि।स २०७३ मंसिर २१ गते ठेक्का सम्झौता भएको भवनको एक वर्षपछि मंगलबार शिलन्यास गरिएको छ ।

बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले शिलन्यास गरेका हुन् । डिभिजनका ईञ्जिनियर प्रकाश अर्यालले भ्याटसहित १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँँमा भवन निर्माणका लागि ठेक्का सम्झौता भएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वेक्षणका क्रममा २४ करोड चार लाख २९ हजार, ८६९ रुपैयाँ लागत अनुमान गरिएको थियो । २०७६ मंसिर २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्रीसमेत हुनेछ ।

भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ । यो भवन म्याग्दीमा हालसम्म निर्माण भएका मध्य सबैभन्दा ठूलो र धेरै लागतको भएको इञ्जिनियर अर्यालले बताए ।
अस्पताल भवनसँगै चारचार परिवार नर्स र डाक्टरको आवास भवन निर्माणका लागि समेत ठेक्का सम्झौता भएको छ । अस्पतालको पुरानो भवन रहेको ठाउँमा नयाँ भवन निर्माण हुन लागेको हो । पुरानो भवनबाट दिँदै आएको सेवा जिल्ला स्वास्थ्य कार्यालयको नयाँ भवनबाट दिने व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

दुई वटा अस्थाई भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुरानो संरचना भत्काएर काम सुरु गर्न केही ढिलाई भएपनि निर्धारित समयमै सम्पन्न गर्ने गरी काम अघि बढाउने निर्माण व्यवसायी रवीन जोशीले बताए । १५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो ।

५० शैयामा स्तरउन्नति भएपछि अस्पतालमा भवन निर्माण र उपकरणको व्यवस्थापनको काम भैरहेको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com