Follow @khasokhasmag

काँकडभिट्टा क्याम्पस परिसरमा आगलागी हुँदा करिब १२ लाख रुपैया बराबरको क्षति


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

मंसिर २८ भद्रपुर ९झापा० स् मेचीनगर– ६ स्थित काँकडभिट्टा क्याम्पस परिसरमा बिहीवार बिहान आगलागी हुँदा करिब १२ लाख रुपैया बराबरको क्षति भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान ४।४५ क्यान्टिनमा रहेको ग्यास सिलिण्डर चुहावट भई आगलागी हुँदा चौकीदार क्याम्पसमा सञ्चालित क्यान्टिनका सामग्रीहरू जलेर नष्ट भएका हुन् । क्यान्टिन सञ्चालक तथा क्याम्पसका चौकीदार नारायण बिष्टका अनुसार कोठामा रहेको लत्ताकपडा, अन्नपात, भाँडा, सुनचाँदी जलेर नष्ट भएको छ।

मेची नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सहयोगमा आगो डेढ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com