Follow @khasokhasmag

डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता [ PHOTO ]


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीको डाक्टरहरूको लापरवाहीका कारणले मृत्यु भएको भन्दै कालिकोटवासी आन्दोलित भएका छन् ।

जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएर अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएकी शाहीको अप्रेसनका क्रममा डाक्टरले लापरवाही गरेको भन्दै कालिकोटवासी आन्दोलित भएका हुन् । उनीहरूले डाक्टरलाई कारवाही र जिल्ला अस्पतालको सेवा सुबिधा बढाउन माग गर्दै आन्दोलन गरेको बताएका छन् ।

सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्यधिक रक्तश्राव भएका कारणले हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो ।
उपचारका लागि शिक्षण अस्पताल काठमाडौंमा पुर्याइएको शाहीको उपचार सुरु नहुँदै मृत्यु भएको स्थानीय दुर्गा शाहीले बताइन् ।

जिल्ला अस्पताल कालिकोटको लापरवाहीका कारणले सुत्केरीकाृ मृत्यु भएको आफन्त गणेश शाहीले बताएका छन । उनले भनिन्, ‘ज्यान लिने डाक्टरलाई कारवाही गरिनुपर्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com