२६ वर्षपछि झापा फेरि ‘लालकिल्ला’


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

पार्थ मण्डल

भद्रपुर, (झापा) : वामपन्थी गठबन्धनले २६ वर्षपछि झापामा कांग्रेसलाई पाखा लगाउँदै जनताको अभिमत आफ्नो पक्षमा पारेको छ।   २०४८ सालको संसदीय निर्वाचनमा झापाका तत्कालीन ६ निर्वाचन क्षेत्रमा एमालेले लालकिल्ला गाडेको थियो। त्यसको २६ वर्षपछि निर्वाचनमा वामपन्थीको वर्चश्व भएको छ। दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ गरी १५ सिट नै वामपन्थीले कब्जा गरेको छ। पाँच प्रतिनिधिसदस्यमा तीन सिट एमाले, एक सिट माओवादी केन्द्र र एक सिट राप्रपाले कब्जा गरेको छ।

प्रदेशसभातर्फका १० मध्ये ८ सिट एमाले र २ सिट माओवादी केन्द्रले कब्जा गरेको छ। झापामा  एमालेले क्षेत्र नम्बर २, ४ र ५ क्षेत्र जितेको हो। माओवादीले क्षेत्र नम्बर १ र राप्रपाले क्षेत्र ३ जितेको हो।  क्षेत्र नम्बर २ मा वामपन्थीअन्तर्गत एमालेका उम्मेदवार पवित्रा निरौला (खरेल) ले उनकी निकटत प्रतिद्वन्द्वी कांग्रेसका उद्धव थापालाई १३ हजार ७ सय ३२ मतान्तरले पराजित गरेकी छिन्। क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार लालप्रसाद साँवा (लिम्बु)ले उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देउकुमार थेबेलाई १६ हजार ६ सय ९३ मतान्तरले पराजित गरेका छन्। झापा– ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनका प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई दोब्बर अर्थात २८ सय ८ सय ४२ मतान्तरले पराजित गरेका छन्।

त्यस्तै प्रतिनिधिसभा अन्तर्गत झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेन्द्रकुमार (राम) कार्कीले कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई २ हजार ८ सय ६३ मत अन्तरले पराजित गरेका छन्। देशभर चर्चामा रहेका क्षेत्र नम्बर ३ मा वामपन्थीसँग जिल्लामा चुनावी तालमेल गरेका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार ४ सय ४३ मतान्तरले हराएका छन्।  यस्तो थियो झापामा यसअघिको संसदीय निर्वाचनको  परिणाम  २०४८  देशमा पहिलो जनआन्दोलनले पञ्चायत शासन ढालेपछि २०४८ साल वैशाख २९ गते भएको संसदीय निर्वाचनमा एमालेले झापालाई लालकिल्ला बनाएको इतिहास छ।

तत्कालिन ६ निर्वाचन क्षेत्र रहेको झापामा  १ मा एमालेका द्रोणप्रसाद आचार्यले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। २ मा एमालेका देवीप्रसाद ओझाले कांग्रेसका सिके प्रसाईलाई पराजित गरेका थिए। ३ मा एमालेका राधाकृष्ण मैनालीले कांग्रेसका चक्रप्रसाद वास्तोलालाई पराजित गरेका थिए। त्यस्तै ४ मा एमालेका नारायण राजवंशीले कांग्रेसका सूर्यप्रसाद गणेशलाई पराजित गरेका थिए। क्षेत्र ५ मा एमालेका चन्द्रप्रंकाश मैनालीले कांग्रेसका खडगराज केशरी प्रसाईलाई पराजित गरेका थिए। ६ मा एमालेका केपी शर्मा ओलीले कांग्रेसका पूर्णानन्द शर्मालाई हराएका थिए।  २०५१  २०५१ साल असार २७ को संसदीय निर्वाचनमा एमालेले झापालाई लालकिल्ला काडन सकेन।  एमालेले पाँच सिट जिते पनि कांग्रेसले एक सिट जितेर लालकिल्ला तोड्यो। त्यसबेला एमालेले ४ बाहेक सबै क्षेत्र जितेको थियो। ४ मा कांग्रेसका

चक्रप्रसाद बस्तोलाले नारायण सिह राजवंशीलाई पराजित गर्दै एमालेको लाल किल्ला तोडेका थिए। १ मा एमालेका पुष्पराज पोखरेलले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। २ मा एमालेका चन्द्रप्रकाश मैनालीले  कांग्रेसका खनुपरुदे रामबाबुलाई पराजित गरेका थिए। ३ मा एमालेका देवीप्रसाद ओझाले कांग्रेसका गोपालकुमार बस्नेतलाई पराजित गरेका थिए। त्यस्तै ५ मा एमालेका राधाकृष्ण मैनालीले कांग्रेसका सूर्यनारायण ताजपुरियालाई पराजित गरेका थिए। ६ मा एमालेका केपी शर्मा ओलीले कांग्रेसका केशवकुमार बुढाथोकीलाई हराएका थिए।

२०५६ संसदीय निर्वाचन २०५६ सालको निर्वाचनमा कांग्रेसले एमालेको किल्ला क्रम तोड्यो। यो निर्वाचनमा कांग्रेसले झापामा ६ मध्ये तीन सिट जितेर एमालेसँग बराबरी गर्ने हैसियत बनायो। कांग्रेसले क्षेत्र नम्बर १, ३ र ४ नम्बर मा विजयी हासिल गरेका थिए। एमालेले क्षेत्र नम्बर २, ५ र ६ मा विजयी हासिल गर्न सफल भयो। त्यसमध्ये २ र ६ मा केपी शर्मा ओली विजयी भए। झापामा क्षेत्र १ मा दुई पटक पराजित भएका कांग्रेसका कृष्णप्रसाद सिटौलाले एमालेका नारायण पराजित गरेका थिए। २ मा एमालेका केपी शर्मा ओलीले कांग्रेसका गिरिराजकुमार प्रसाईंलाई पराजित गरेका थिए।  ३ मा कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङले एमालेका विष्णुप्रसाद प्रसाईंलाई हराएका थिए। त्यस्तै क्षेत्र ४ मा कांग्रेसका चक्रप्रसाद बास्तोलाले एमालेका युक्तप्रसाद भेटवाललाई पराजित गरेका थिए। ५ मा एमालेका तरासम यङयाले कांग्रेसका सन्तोषकुमार मेन्याङ्वेलाई पराजित गरेका थिए। ६ मा एमालेका केपी शर्मा ओलीले कांग्रेसका काशिलला ताजपुरियालाई हराएका थिए।

२०६४  दोस्रो जनआन्दोलनले राजतन्त्र शासन हटाएर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भएसँगै २०६४ सालको निर्वाचनमा झापामा माओवादीले आफ्नो किल्ला गाड्न सफल भयो। ६ निर्वाचन क्षेत्र रहेको जिल्लामा एक निर्वाचन क्षेत्र थपेर ७ निर्वाचन क्षेत्र बनाइयो। सातमध्ये माओवादीले निर्वाचन क्षेत्रमा  जित हासिल गरे।  एमाले र कांग्रेसले एक\एक स्थानमा जित हासिल गरे। जिल्लालाई माओवादीले लालकिल्ला बनाए।  झापा–१ मा माओवादीका धर्मप्रसाद घिमिरेले कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङलाई पराजित गरेका थिए। झापा–२ मा माओवादीका गौरीशंकर खडकाले कांग्रेसका सुधीरकुमार शिवाकोटीलाई पराजित गरेका थिए।

३ मा माओवादीका पूर्णसिंह राजवंशीले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। त्यस्तै ४ मा माओवादीका धर्मशीला चापागाईँले कांग्रेसका चक्रप्रसाद बाँस्तोलालाई पराजित गरेका थिए। ५ मा कांग्रेसका केशवकुमार बुढाथोकीले माओवादीका हर्कबहादुर खडकालाई पराजित गरेका थिए। ६ मा एमालेका दीपक कार्कीले कांग्रेसका सूर्यनारायण सिंह ताजपुरियालाई पराजित गरेका थिए। ७ मा माओवादीका विश्वदीप लिङदेन (लिम्बु)ले एमालेका केपी शर्मा ओलीलाई पराजित गरे।

२०७० पहिलो संविधानसभा विघटन भएपछि ०७० सालको दोस्रो निर्वाचनमा झापामा माओवादीले एक सिट पनि जितेन। ०६४ मा पाँच सिट जितेका माओवादीले ०७० सालमा सबै सिट गुमायो। एमालेले चार र कांग्रेसले तीन सिटमा जित हासिल गरे।  झापा–१ मा एमालेका रविन कोइलालले कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरे।

झापा–२ मा कांग्रेसका सुधीरकुमार शिवाकोटीले एमालेका पत्रिका खरेल निरौलालाई पराजित गरे। ३ मा कांग्रेसका कांग्रेसका कृष्णप्रसाद सिटौलाल राप्रपाका राजेन्द्र लिङ्देनलाई पराजित गरे। त्यस्तै ४ मा एमालेका प्रेम गिरीले कांग्रेसका उद्धव थापालाई हराए। ५ मा कांग्रेसका केशवकुमार बुढाथोकीले एमालेका लालप्रसाद सावाँलाई पराजित गरे। ६ मा एमालेका दीपक कार्कीले कांग्रेसकी रामकुमारी पौडेललाई पराजित गरे।  ७ मा एमालेका केपी शर्मा ओलीले कांग्रेसका सुरेशकुमार योङ्यालाई हराए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com