तनहुँमा बस दुर्घटना हुँदा २४ घाइते


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

मंसिर २६ तनहुँ । तनहुँको बन्दीपुरस्थित बेलभञ्ज्याङमा यात्रु बस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् । चितवनको नारायणगढबाट पोखरा जादै गरेको ना ५ ख ९८४६ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत पर्ने तनहुँको बेलभञ्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना सामान्य घाइते भएका छन् भने, ६ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि पोखरा र काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।

बसको यान्त्रिक खरावीका कारणले बस दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसमेत घाइते भएको तनहुँका एसपी उमेशराज जोशीले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा पोखरा ८ कि ६३ वर्षीया डम्बरकुमारी गुरूङ, पोखरा ११ की ६० वर्षीया मनकुमारी गुरूङ, पोखरा९१२ कि ३१ वर्षीया कामना गुरूङ, पोखरा रामबजार की ४२ वर्षीया चीजा नेपाली, म्याग्दीका २० वर्षीय सूर्य थापामगर र व्यास नगरपालिका वडा नम्बर ९ की ४३ वर्षीया विष्णुमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com