मंसिर २६, दाङ, गाई कोटेको अभियोगमा मंगलबार सात जना पक्राउ परेका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारामा तीनवटा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन् । स्थानीय ३९ वर्षीय वीरसिंह थापासहित तीन महिला र चार पुरुष पक्राउ गरेको उनले बताइन् ।
एक जनाको मात्रै नाम खुलाइएको र अन्यबारे अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरिएको सिंहले बताइन् । घटनास्थलबाट एकथना भरुवा बन्दुकसमेत बरामद भएको एसपी सिंहले जानकारी दिएकी छिन् ।
गाई काटेर सुकुटी बनाउने र जरायोको सुकुटी भनेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताइन् । अस्थायी प्रहरी पोस्ट डगमाराबाट असई गोविन्दबहादुर थापाको नेतृत्वमा गएको गस्ती टोलीले गाई काटिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।