Follow @khasokhasmag

काम चलाउ सरकारलाई प्रदेश प्रमुख र केन्द्र तोक्ने अधिकार छैन – बाम गठबन्धन


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

काठमाडौं, २६ मंसिर । वाम गठबन्धनले प्रदेशसभा प्रमुख र अस्थायी राजधानी तोक्ने अधिकार कामचलाउ सरकारलाई नभएको स्पष्ट पारेका छन् । सरकारले प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरिरहेका वेला स्पष्ट बहुमत निकालेका वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले आफुहरुसगको छलफल पछि मात्र त्यस्तो कार्य गर्न सरकारलाई सचेत गराएका हुन् । काम चलाउ सरकारलाई प्रदेश प्रमुखको नियुक्ति र राजधानी तोक्ने तथा मुख्यमन्त्रीको कार्यालय बनाउने विषयमा निर्णय गर्ने कुनै अधिकार नरहेको दुवै दलका नेताले बताएका छन् ।

विजयी जुलुस मनाउने क्रममा गाउँगाउँमा रहेका वाम गठबन्धनका नेताहरूले सरकारले प्रदेश राजधानी तोक्ने विषयमा कुनै छलफल नगरेको र अहिलेको हारेका व्यक्तिहरू सम्मिलित सरकारले गरेका निर्णय आफूले नमान्ने उद्घोष गरेका छन् । इलाममा रहेका पूर्वसभामुख तथा नवनिर्वाचित सांसद एमाले नेता सुवास नेम्बाङले अहिलेको सरकारले यस विषयमा वाम गठबन्धनसँग छलफल नगरेको बताए । कुनैपनि छलफल नै नगरी निर्णय लिने अधिकार सरकारलाई नभएको भन्दै उनले यस विषयमा अब केही दिनमा छलफल गरिने प्रतिक्रिया दिए। ‘राजनीतिक सहमतिविना प्रदेश राजधानी तोक्ने काम अस्वीकार्य छ । यो सरकारले अहिले किन यसो गर्दै छ । महत्वपूर्ण निर्णयमा किन अघि सर्दै छ । आपूmहरूलाई थाहा छैन’ नेम्वाङको भनाइ छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि राजनीतिक सहमतिविना प्रदेशको प्रमुख र राजधानी तोक्ने विषयमा आफ्नो पार्टीलाई केही थाहा नभएको प्रतिक्रिया दिइन ।

‘यो विषयमा मन्त्रिपरिषदमा छलफल भएछ । तपाईंले भनेपछि थाहा पाएँ । यो विषयमा सरकारले अहिले कुनै निर्णय गर्नु हुँदैन, भुसालले बताइन । अहिलेको सरकार आफैँ काम चलाउ बनेको भन्दै भन्दै , ‘यो आफैँ काम चलाउ सरकार हो । त्यसमा पनि प्रधानमन्त्रीबाहेक सबै पराजित भएका मन्त्री छन् जस्तो लाग्छ । त्यसैले प्रदेशको राजधानी तय गर्ने कुरा वाम गठबन्धनसँग छलफल नगरी सम्भव छैन । राजनीतिक सहमति आवश्यक छ ।’ सोमबारको मन्त्रिपरिषद् बैठकमा यसविषयमा छलफल भएको खवर आएपछि बाम गठबन्धनका नेताले प्रतिक्रिया दिएकाहुन् ।

सहरी विकास मन्त्री दिलनाथ गिरीले ७ वटै प्रदेशका अस्थायी राजधानी, प्रदेशसभा सञ्चालन गर्ने स्थलबारे मन्त्रिपरिषद्मा छलफल भएको बताए । गिरीले भने यो, ‘पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगञ्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने तयारी रहेको छ ।’ सहर विकास मन्त्रालयका कर्मचारीले पनि प्रदेशसभा बोलाउने वेला भइसक्दा पनि सभा भवन अन्योलमा हुँदा काम गर्न गाह्रो भएको बताएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com