Follow @khasokhasmag

निजी खर्चमा गाउँको विकास


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

मंसिर २६, मोरङ । न उनी कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुन, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहेका छन् ।

सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माणमा समेत उनको सहयोग छ । श्रेष्ठको यो सेवाले चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुलाई नतमस्तक बनाइदिएको छ ।
स्थानीय कला र संस्कृतिको विकासका लागि पनि सहयोग पु¥याएका समाजसेवी श्रेष्ठले अब विद्यार्थीका लागि छात्रवृत्ति स्थापना गर्ने सोचाइ रहेको बताउछन् ।

उनकै एकल लगानीमा खेत भित्रभित्र बाटो बनेपछि स्थानीय काजी लिम्बू भन्छन् “घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने समस्या अब छैन, गाडी आँगनमै आइपुग्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com