मंसिर २५ सर्लाही । सर्लाहीको मलंगवामा राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । क्षेत्र नम्बर ४ को बलरा नगरपालिका–४ मा पर्ने जब्दी बुथको मतपेटिकामा ७ वटा शिल हुनुपर्नेमा ५ वटा शिल मात्र भेटिएपछि विवाद भएको थियो ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा गोडैता–१०, सिसौटिया निवासी ३५ वर्षीय कपलेश्वर मण्डल, बलरा नगरपालिका–१०, सुदा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२, बेल्हीका रामछविला शाह रहेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । झडपमा ३ जना घाइते भएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।