सुनसरी–१ मा एमालेका जयकुमारले हराए फोरमका अशोक राईलाई
प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

मंसिर २५, २०७४
सुनसरी : प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन्।
उनले संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मत अन्तरले कराएका हुन्। एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५२८ मत पाएका छन्। अशोकले २२ हजार १२३ मत ल्याए।