अर्घाखाँचीको अर्घाभगवती विमानस्थलको काम अघि बढ्दै


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

मंसिर २५, काठमाडौँ अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ ।

विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको विभागका इ ध्रुवदास भोछिभोयाले जानकारी दिए ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा त्यहाँको पुरानो भगवतीको मन्दिरको नामबाट बन्ने सो विमानस्थलको शिलान्यास तत्कालीन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गतवर्ष गरेका थिए । कुल लागत करिब रु ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिभुवन विमानस्थलबाट करिब ३५ मिनेटमा अर्घाभगवती विमानस्थलमा पुग्न सकिनेछ । विमानस्थल बनेपछि गौतमबुद्ध जन्मस्थल लुम्बिनी र आसपासको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । नेता रायमाझीले सो विमानस्थलको निर्माण छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका क्रममा व्यक्त गर्दै आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com