प्रतिनिधिमा एघार र प्रदेशसभामा पाँच महिला विजयी (निर्वाचन अपडेट)


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो र दोस्रो चरणको निर्वाचनमा हालसम्म १६ महिला निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका ५ र प्रदेशसभा सदस्यमा ११ महिला विजयी भएका हुन् ।
पहिलो चरणमा निर्वाचन भएको रुकुम पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भइन् ।

वाम गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रोक्का १० हजार ४ हजार ३४ मत ल्याएर विजयी भएकी हुन् ।
दोस्रो चरणमा वाम गठबन्धबाट उम्मेदवार पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।

माओवादी केन्द्रकी नेता भुसालले २४ हजार ३७ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका मदन अमात्यलाई १ हजार ७ सय ७ मतले पराजित गरेकी हुन् । अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका थिए ।

कञ्चनपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेता बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छिन् । बिनाले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २ सय ४८ मतअन्तरले पराजित गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।
बिनाले ३८ हजार ४ सय ६७ र नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए ।

यस्तै प्रतिनिधिसभा सदस्यका लागि एकमात्र क्षेत्र रहेको प्यूठानमा वामगठवन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी छन् ।

नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा.गोविन्दराज पोखरेललाई भारी मतान्तरले पछि पार्दै दुर्गा विजयी भएकी हुन् । आइतबार राति घोषणा भएको अन्तिम मतपरिणाम अनुसार पौडेलले उनले ४७ हजार ५ सय १४ मत ल्याइन् भने कांग्रेस उम्मेदवार राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले ३१ हजार २८६ मत पाए ।

प्रत्यक्षतर्फ जिल्लाबाट पहिलोपटक पौडेल विजयी भएकी हुन् । यसअघिका निर्वाचनमा महिला उम्मेदवार भएपनि विजयी हुन सकेकी थिएनन् ।

झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी उम्मेद्वार पवित्रा निरौला खरेल १३ हजार ७ सय ६७ मतान्तरमा विजयी भएकी छन् ।

संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार भएकी खरेलले ४५ हजार ८ सय १७ मत ल्याएकी छन् । यस्तै नेपाली कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत ल्याए ।

प्रदेशसभा सदस्यमा ८ महिला विजयी भएका छन् । पहिलो चरणको निर्वाचनमा म्याग्दीको प्रदेशसभा ‘ख’ बाट एमाले उम्मेदवार बनेकी नरदेवी पुन मगरले १० हजार ८ सय ६८ मत ल्याएर विजय भइन् । संयुक्त वाम गठबन्धनकी उम्मेदवार एमालेकी पुनले प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन् । फगामीले ७ हजार ९ सय ९० मत ल्याएका थिए ।

बझाङ प्रदेशसभा ‘ख’ बाट माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल थापा विजयी भइन् । उनले १६ हजार ७ सय ४३ मत ल्याएकी छिन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएका थिए ।

मकवानपुर प्रदेशसभा क्षेत्र नं १ को (क) बाट उम्मेदवार कुमारी मोक्तान विजयी भइन् । प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटा भन्दा १२ हजार ९ सय ९६ मत मोक्तानले ल्याएकी छिन् । २७ हजार १ सय ३२ मत ल्याइन् भने सापकोटाले १४ हजार १ सय ३६ मत ल्याएका छन् ।

यस्तै काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट एमालेकी रमा आलेमगर विजयी भएकी छन् । रमाले ९ हजार ९ सय ३ मत ल्याएकी छिन् भने प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार धर्मनन्द्र श्रेष्ठले ७ हजार १७ मत ल्याएका थिए ।

उदयपुर क्षेत्र नं.२ (ख) प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार कला घले विजयी भएकी छन् । घलेले १३ हजार ४ सय ५९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामकुमार खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् । घलेले ४ हजार ४ सय ८४ को मतअन्तरले विजयी भइन् ।

ललितपुर क्षेत्र नं. १ को (क) को प्रदेशसभा सदस्यमा लालकुमारी पुन विजयी भएकी छिन् । १२ हजार ८४१ मत ल्याएर पुन विजयी भएकी हुन् । निकटम् प्रतिस्पर्धी कांग्रेसका ऋषिराम घिमिरेलाई २ हजार ७३६ मत अन्तरले पराजित गरिन् । घिमिरेले १० हजार १ सय ५ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं २ को ‘क’ बाट प्रदेशसभा सदस्यमा आशा कोइराला विजयी भएकी छिन् । वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कोइरालाले नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई ५ भोटको मतले पछि पार्दै विजयी भइन् ।  दुईबीचमा ५ भोटले अन्तर भएपछि धाँधली भएको भन्दै नेपाली कांग्रेस निकट कार्यकर्ताहरुले विरोध गरेका थिए ।  विवाद मिलाउन बसेको सर्वपक्षीय बैठकले मतगणनामा कुनै धाँधली नभएको निष्कर्ष निकालेको थियो । कोइरालाले १६ हजार ६ सय ४६ मत पाएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेलले १६ हजार ६ सय ४१ मत पाएका छन् ।

यस्तै बारा क्षेत्र नम्बर ३ (क) बाट ज्वाला साह प्रदेशसभा सदस्यमा निर्वाचित भइकी छिन् ।  नेकपा माओवादी केन्द्रबाट वाम गठबन्धनकी उम्मेदवार साह ११ हजार ७ सय ७१ मत प्राप्त गरेर विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामनन्द परसाद यादवले १० हजार १ सय ४७ मत ल्याए ।

झापा क्षेत्र नम्वर २ बाट नेकपा एमालेकी उमेदवार पवित्रा निरौला खरेल विजयी भएकी छिन् । भूमिगत कालदेखि राजनीतिमा सकृय खरेलले ४५ हजार ८१७ मत ल्याएकी छिन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत ल्याएका छन् ।

महोत्तरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा नेकपा एमालेबाट वाम गठबन्धनकी उम्मेदवार शारदा थापा विजयी भएकी छन् । उनले १० हजार २ सय ८२ मत पाएकी छन् भने उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रल्हाद कुमार क्षेत्रीले ९ हजार ३१ मत पाए ।

प्रदेश नम्बर ५ बाट १३ हजार ४ सय ३६ मत ल्याउँदै नेकपा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी (नमुना) पहिलो महिला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छिन् । हालसम्मको चुनावी परिणाम अनुसार विजयी सबै महिलाहरु वाम गठबन्धनका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिला चुनावी मैदानमा उत्रिएका थिए । जसमा प्रतिनिधि सभातर्फ १६ र प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट ३ महिला प्रतिस्पर्धामा थिए ।

प्रदेशसभातर्फ चुनावी मैदानमा रहेका २० जना महिला मध्ये ६ महिला ठूला दलबाट छन् ।  यस्तै दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशतर्फ २ सय ९ महिला उम्मेदवार छन् ।  प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले महिला उम्मेदावरलाई कम सहभागिता गराइएको भन्दै महिला नेताहरुले विरोध जनाउँदै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com