प्रतिनिधिसभाका २२ क्षत्रकाे परिणाम आउन बाँकी, बाम गठबन्धन दुई तिहाई नजिक


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो ।

पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ । यसमा सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठी र बृजेश कुमार गुप्ताको स्वतन्त्र मधेशी समूह पनि जोडिएको छ । प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन वामपन्थीले ११० सिट जित्नुपर्छ ।

एमालेले ७ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता लिनेमा सुनसरी ३ मा भगवती चौधरी, संखुवासभामा राजेन्द्र गौतम र काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा छन् । त्यस्तै, स्याङ्जा १ मा नारायण मरासिनी, स्यांजा २ मा पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दिपकप्रकाश भट्टले अग्रता लिइरहेका छन् ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म ३१ सिट जितेर ५ ठाउँमा अग्रता लिइरहेको छ । सर्लाही ३ मा रामेश्वर राय, चितवन ३ मा प्रचण्ड, अर्घाखाँचीमा टोपवहादुर रायमाझी, धनुषा १ मा मात्रिका यादव र सिरहा २ मा सुरेशचन्द्र दासले अग्रता लिइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७० सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । उसले अहिलेसम्म १७ सिटमा विजय हासिल गर्दा ३ ठाउँमा अग्रता लिइरहेको छ । यी सबै ठाउँमा जित्दा पनि उसले २५ सिटभित्र सीमित हुनुपर्ने देखिएको छ ।

कांग्रेसका सिताराम मेहता सुनसरी २, प्रदिप गिरी सिरहा १ र देवेन्द्रराज कँडेलले नवलपरासी २ मा अग्रता लिइरहेका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम ७ सिट जितेर चौथो स्थानमा रहेको छ । फोरमले ३ ठाउँमा अग्रता लिइरहेको छ । महोत्तरी ४ मा सुरेन्द्र यादव,पर्सा २ मा बिमल श्रीवास्तव र पर्सा ३ मा हरिनारायण रौनियारले अग्रा लिइरहेका छन् ।

राजपा नेपाल ७ स्थान जितेर पाँचौ भइरहँदा ३ ठाउँमा अग्रता लिइरहेको छ । राजपाका रेशलाल चौधरीले कैलाली १ र राकेश मिश्रले सर्लाही ४ मा अग्रता लिइरहेका छन् ।

राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीले एक एक सिट जितेका छन् भने स्वतन्त्रबाट हुम्लामा माओवादीका पोलिटव्यूरो सदस्य छक्कवहादुर लामा बागी उम्मेदवारका रुपमा बिजयी भएका छन् । नेपाल मजदूर किसान पार्टीले भक्तपुर १ मा अग्रता लिइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com