सबैभन्दा बढी मत ल्याउने एमाले अध्यक्ष ओली, ठूलो मतान्तर पार्वत गुरुंग


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

काठमाडौं २५मंसिर । जारी मतगणनामा सबैभन्दा ठूलो पार्टीका नेता मात्र नभएर एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा बढी मत ल्याएर विजयी हुने नेता भएका छन् । ओलीले झापा क्षेत्र नं ५ मा ५७१३९ मत प्राप्त गरेका छन् भने उनका प्रचिद्धन्दी खगेन्द्र अधिकारीले २८२९७ मत ल्याएका छन् । दुुई जनाबीचको मतान्तर २८८४२ छ ।

उता अहिलेसम्म सबैभन्दा बढी मतान्तरमा जित्ने उमेदबार पनि एमालेकै नेता भएका छन् । एमाले उमेदबार पार्वत गुरुंगले दोलखामा ५५९५४ मत ल्याउंदा उनका प्रतिद्धन्दी नेकाका रुद्र बहादुर खड्काले २५५०१मत ल्याएका थिए । उनले पाएको मत भन्दा मतान्तर बढी छ । मतान्तर ३०४५३ रहेको छ ।
मतान्तरको रेकर्ड तोडिने सम्भावना कम छ भने सबैभन्दा बढी मतको ओलीको रेकर्ड पनि नतोडिनसक्छ । रेकर्ड तोडिए ओलीकै सहयोद्धा पुुष्पकमल दाहाल प्रचण्डले चितवनमा तोड्न सक्छन् । अन्यथा अन्य मतगणना भइरहेका स्थानका विजयी उमेदबारले ५५ हजार मत कटाउने सम्भावना छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com