दोब्बरमतान्तरले एमाले अध्यक्ष केपी ओली निर्वाचित


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

झापा, २४ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली झण्डै आधा भन्दा बढी अन्तरका साथ बिजयी हुनुभएको छ । झापा– ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओली प्रतिस्पर्धामा रहेको कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई दोब्बर भन्दा बढी मत अन्तरका साथ बिजयी बन्नुभएको हो ।

ओलीले ५७ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको छ भने अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गर्नुभएको छ । ओलीको जितसंगै एमालेले प्रतिनिधि सभामा जितको संख्या ५८ पुगेको छ भने माओवादी केन्द्रको २३ भएको छ । गठवन्धनको ८१ स्थान भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com