वाम गठबन्धनका सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम पराजित
प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका बरिष्ट उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।
वर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् । ७५३ मतको अन्तरले उनी पराजित भएका हुन् ।
सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याए विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।
उपाध्ययक्ष गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका थिए ।