निर्वाचन आयोगको विवरण अनुसार प्रतिनिधि सभाको पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीमा नेकपा एमालेले नेपाली कांग्रेसभन्दा झण्डै पाँच गुणा बढी स्थानमा जित हात पारेको छ।
नेकपा एमालेले ४८ स्थानमा जितेको छ भने माओवादी केन्द्रले १९ स्थानमा विजय हासिल गरेको आयोगले जनाएको छ।
१० वटा सीटमा जित हासिल गर्दै नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ।
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले समान तीन/तीन स्थानमा जित हासिल गरेका छन्।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
अग्रता
अन्य दलले दुई स्थानमा जित हात पारेको आयोगले जनाएको छ।
मतगणना जारी रहेका स्थानमा नेकपा एमाले ३२ वटामा र माओवादी केन्द्र १६ स्थानमा अगाडि छन्।
नेपाली कांग्रेस १२ स्थानमा अगाडि छ।
आयोगका अनुसार राजपा नेपाल ८ स्थानमा अगाडि छ।
संघीय समाजवादी फोरम नेपाल ७ स्थानमा अगाडि देखिएको छ।
अन्य दल ३ स्थानमा अगाडि रहेको आयोगले उल्लेख गरेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।