नुवाकोट १ मा तामाङद्वारा महत पराजित


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

– कृष्ण थापा, काठमाडौं

मंसिर २४, २०७४-नुवाकोट प्रतिनिधिसभा १ मा वाम गठबन्धनका उम्मेदवार माओ‌वादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन् । उनी नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गर्दै निर्वाचित भएका हुन् । औपचारिक घोषणा केहीबेरमा हुँदैछ ।

आइतबार बिहान सार्वजनिक परिणाम अनुसार पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका तामाङ महतलाई ८ हजार ८ सय ५३ मतान्तरसहित विजयी भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरेका थिए भने महतले २७ हजार ९ सय २० पाएका छन् । यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा महतसँगै हार ब्यहोरेका तामाङले तेस्रो पटकको भिडन्तमा भने बाजी मारेका हुन् ।

सामान्य किसान परिवारमा २०२० सालमा साविकको नुवाकोट पञ्चकन्या गाविसका वडा नं १ (हाल पञ्चकन्या गाउँपालिका-३) घलेगाउँमा जन्मेका हुन् । उनी २०६८ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । नेकपा एकता केन्द्रबाट राजनीति सुरु गरेका तामाङ २०५२ सालपछि नेकपा एकता केन्द्र मसालमा रहे । मसालमा रहँदा जिल्ला उपाध्यक्ष र केन्द्रीय सदस्य थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

२०५२ सालदेखि तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर भूमिगत भएका हितबहादुर तामाङ २०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए ।

पार्टीभित्र सरल र इमान्दार छविका रुपमा परिचत तामाङ हाल नेकपा मा‌ओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com