केशव स्थापित प्रदेशसभामा निर्वाचित
प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

मंसिर २४, २०७४-काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित प्रदेशसभामा निर्वाचित भएका छन् ।
काठमाडौं– ६ को प्रदेशसभा ‘क’मा ८ हजार २२ मतसहित स्थापित निर्वाचित भएका हुन् । कांग्रेसका न्हुछेनारायण मानन्धरले ५ हजार १ सय ४९ मत पाए ।