कास्कीमा रवीन्द्र अधिकारीको ‘ह्याट्रिक’


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

यसअघिका दुइटै संविधान सभाको निर्वाचन जितेका एमालेका रबिन्द्र अधिकारी कास्की क्षेत्र नम्बर दुईमा प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन । उनले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरे ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका अधिकारीले २७ हजार २ सय ७ मत पाए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चालिसेले १८ हजार ६ सय ६१ मत पाए । यसको निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा हुन भने बाँकी छ । अधिकारीले २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा जित हासिले गरेका थिए । ह्याट्रिक गरेर अधिकारीले कास्कीको निर्वाचनमा ईतिहास रचेका छन । संविधान सभाका दुवै निर्वाचनमा चार क्षेत्र रहेका कास्कीमा यसपटक भने तीन क्षेत्रमात्रै कामय भएको थियो । पहिला क्षेत्र नम्बर तीनमा चुनाव जितेका अधिकारी यसपटक भने कास्की क्षेत्र दुईमा लडेका थिए । यसपटकको चुनावमा दुई पार्टीका ‘शक्तिशाली’ उम्मेदवार भएकाले कास्की दुई क्षेत्रको निर्वाचनलाई रोचकसाथ हेरिएको थियो ।

महाधिवेशन प्रतिनिधि रहेका चालिसे ४० वर्षदेखि पार्टीमा क्रियाशिल थिए । ६ महिना अघिमात्रै प्राध्यापन पेशाबाट राजीनामा दिएका चालिसेले पृथ्वीनारायण क्याम्पसमा पढाउँथे । बिजयी अधिकारी संसदको बिकास समितिका सभापति भइसकेका छन । दुवै प्रतिस्पर्धी बिद्यार्थी राजनीतिबाट उदाएका व्यक्तित्व हुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com