एमाले एकल बहुमतको नजिक, गठवन्धनको २७५ मा १८७ सिट सहित दुई तिहाई


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

काठमाडौँ । मत परिणाम र मत गणनाको प्रबृत्ति हेर्दा नेकपा एमाले प्रत्यक्ष तर्फ एकल बहुमत सिट प्राप्त गर्ने दिशामा उन्मुख देखिएका छ । ४० स्थानको मत परिणामा एमाले २४ स्थानमा जितेको छ भने सहयोगी दल माओवादी केन्द्रले १० स्थानमा विजय हासिल गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस भने जम्मा ४ स्थानमा खुम्चिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको भारी अग्रता देखिँदा नेकपा एमालेले एकल बहुमत ल्याउनसक्ने तर्फ विश्लेषण हुन थालेको छ ।

एमालेले कुल १३० र माओवादी केन्द्रको ५० सिट जोड्दा १८० हुनेछ । जम्मा २७५ को झण्डै ६६ प्रतिशत हुनेछ । दुई तिहाईका लागि उसलाई थप ३ जना सांसद आवश्यक पर्न सक्छ ।

मत परिणाम अनुसार वाम गठबन्धन प्रत्यक्षमा दुई तिहाइतर्फ अग्रसर छ। दुई तिहाइमा अग्रसर वाम गठबन्धनमा एमाले एमालेको एकल बहुमत हुने सम्भावना रहेको छ ।
एमालेले ६२ क्षेत्रमा अग्रता कायम गरेको छ । हालसम्म ११ क्षेत्रको प्रारम्भिक परिणाम आएको छैन।

एमालेले विजयी भएका २४ र अग्रता लिएका ६२ क्षेत्रमा जित हासिल गरेमा ८६ क्षेत्रमा विजयी हुनेछ । यो संख्या पत्यक्षतर्फ १६५ को बहुमत हो ।

सरकारका लागि कति सिट ?
संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन सामान्य बहुमतका लागि १३८ सिट आवश्यक पर्नेछ ।
यदि एमालेले प्रत्यक्षमा ८६ र समानुपातिकमा कम्तीमा ४० देखि बढीमा ५० सिट ल्याएमा एमालेको कुल सदस्य संख्या १३० देखि १४० पुग्न सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समानुपातिकमा कूल एक करोड ५४ लाख मतदातामध्ये एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको छ । यसका आधारमा समानुपातिक एक सिटका लागि सदर मतको कम्तीमा एक लाखको आसपासको मत ल्याउनु पर्ने छ । समानुपातिकबाट समेत बहुमत ल्याउनका लागि एमालेले ५० लाख हाराहारीमा मत समानुपातिकमा ल्याउनु पर्छ ।
उता सहयात्री दल माओवादी केन्द्रले हालसम्म १० स्थानमा जितेको छ भने २३ स्थानमा अग्रता कायम गरेको छ । यदि अग्रता कायम गरेको संख्यामा जित्दा माओवादी केन्द्रको ३३ सिट हुनेछ । समानुपातिकमा माओवादी केन्द्रले १५ देखि २० प्रतिशतको बीचमा मत प्रप्त गरेमा माओवादीले बढीमा २० सिट पाउने छ । यसरी हेर्दा माओवादीको कम्तीमा ५० देखि ५३ सिट हुनेछ ।
गठवन्धनको दुई तिहाई 

एमालेले कुल १३० र माओवादी केन्द्रको ५० सिट जोड्दा १८० हुनेछ । जम्मा २७५ को झण्डै ६६ प्रतिशत हुनेछ । दुई तिहाईका लागि उसलाई थप ३ जना सांसद आवश्यक पर्न सक्छ । त्ययसका लागि एमालेले समानुपातिकमा ४५ र प्रत्यक्षमा ८६ सिट प्रप्प्त गरेमा सहजै दुई तिहाई पुग्ने छ । अन्यथा हुम्लाबाट विजयी माओवादी विद्रोही छक्क बहादुर लामा, राजमोको प्युठानबाट १ सिट र नेमकिपाको भक्तपुरबाट १ सिट उपयोगी हुनसक्छ ।
त्यसबाहेक समानुपातिकमा सिपी मैनालीको नेकपा मालेले ३ प्रतिशत मत प्राप्त गरेमा अर्को ३ सिट थपिने छ भने राप्रपमा कमल थापाले चुनाव हारेर राजेन्द्र लिंगदेन नेता बन्दा लिंगदेन बाम गठवन्धनमा सहभागी हुनसक्छन् ।
त्यसबाहेक बाम गठवन्धन बन्ने बेलामा झण्डै सामेल भएका उपेन्द्र यादब नेतृत्वको संघीय समाजबादी फोरमले प्रत्यक्षमा कम्तीमा ८ र समानुपातिकमा ७ सिट गरी १५ सिटको दल बन्न सक्ने अवस्था छ । यही दल बाम गठवन्धनको सरकारमा सामेल हुने सम्भवाना अधिक छ ।
यस्तो राजनीतिक परिदृश्यका कारण बामपन्थी देशभक्त गठबन्धन सहज दुई तिहाईमा पुग्ने देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com