मत परिणाम घोषणापछि कसले के भने?


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका मत परिणाम धमाधम आइरहेका छन्। अहिलेसम्म प्राप्त भएका मत परिणाम अनुसार वाम गठबन्धन निकै अगाडि देखिएको छ।

पछिल्लो मत परिणामका आधारमा पार्टीगत हिसाबमा नेकपा एमाले पहिलो स्थानमा, माओवादी केन्द्र दोस्रो स्थानमा र नेपाली कांग्रेस तेस्रो स्थानमा रहेका छन्।

ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी माओवादी नेतृ पम्फा भुषालले चुनावी अभियानका क्रममा गरिएका प्रतिबद्धता पूरा गरेर पाँच वर्षपछि पनि वामपन्थीहरुकै सरकार बनाउने परिस्थिति बनाइने बताइन्।

आरोह अवरोह

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदनबहादुर अमात्य थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कांग्रेसका गगन थापा काठमाण्डू क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्।

विजयी भएपछि दिएको भाषणमा मत परिणाम कांग्रेसका लागि सुखद रहन नसकेको उल्लेख गर्दै उनले भने, “नेपाली कांग्रेसले इतिहासमा अनेक आरोह-अवरोह भोगेको छ। अहिले भएको परिणामबाट देशभरका कार्यकर्तालाई सम्बोधन गर्दै भने कोही निराश नहुनुहोला। कांग्रेस फेरि उठ्छ र जाग्छ। नेपाली कांग्रेसलाई सुधार्ने संकल्प गरौँ। उच्च मनोबलका साथ मत परिणाम स्वीकार गर्नुहोला।”

चुनावी प्रचारक्रममा बम विस्फोटको निशाना समेत बनाइएका गगन थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराई थिए।

उत्साही

काठमाण्डू क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहबाट पराजित भए।

प्रचारप्रसारको अन्तिम समयतिर कांग्रेस एमालेले साठगाँठ गरेर आफूलाई हराएको दावी गर्दै मिश्रले देशव्यापी प्राप्त मतबाट आफूहरु उत्साहित भएको बताए।

नेकपा एमालेका सचिव योगेश भट्टराईले जितले आफूलाई झन् जिम्मेवार बनाएको महसुस भएको बताए।

उनले आगामी सरकारबारे भने, “अबको सरकार स्थिर सरकार हुन्छ। नेपाली जनताले चाहेको स्थिर सरकार हो। संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि खोज्नु सरकारको मुख्य दायित्व हुनेछ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com