रौतहट क्षेत्र नं ३ मा वाम गठबन्धनका प्रभु साह अगाडि


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

काठमाडौ, २३ मसिर। रौतहट जिल्ला क्षेत्र नं ३ (प्रतिनिधिसभा) मा माअोवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभु साहले सुरूवात देखिनै अग्रता लिईरहेका छन् ।

१४,६८० मत गणना भईसक्दा बामपंथी गठबन्धनका साझा उम्मेद्वार साहले ५,७८५ मत प्राप्त गरि अग्रता लिइरहेका छन् । साहलाई नेपाली कांग्रेसका सुनिल यादवले ४,२१३ मतका साथ पछ्याई रहेका छन् । त्यस्तै गरि सोही निर्वाचन क्षेत्रमा राष्ट्रिय जनता पार्टीका उम्मेद्वार ओमप्रकाश जयसवाल ३५१२ मतका साथ तेस्राे स्थानमा रहेका छन् । साहले २०६४ बाट लगातार जित हात पार्दै आएका छन् । उनि मधेशका विकास प्रेमी नेताको रुपमा चिनिन्छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com