अमेरिकी सरकारको निकाय र नेपालीहरूको च्याम्बर अफ कमर्सबीच रणनैतिक सम्झौता


प्रकाशित मिति : आश्विन ५, २०७३ बुधबार

टेक्सासको डालास फोर्टवोर्थ क्षेत्रमा छरिएर रहेका नेपाली उद्धमीहरुलाई एक छाता मुनि गोलबद्द गर्दै उद्धमीहरुको एक सामूहिक आवाज बन्ने उद्देश्यले स्थापित यति च्याम्बर अफ कमर्सले अमेरिकी सरकार अन्तर्गत रहेको स्मल बिजनेश एड्मिनिस्ट्रेसनबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०१६ को पहिलो साता विधिवत रूपमा निर्वाचन संम्पन भई आफ्ना क्रियाकलाप अघि बढाएको यति च्याम्बरले आफ्नो स्थापनाको छोटो अवधिमा विशेष सफलता हासिल गर्ने क्रममा रणनैतिक साझेदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

अमेरिका भरि रहेका साना तथा मझौला ब्यबसायहरुलाई सहयोग गर्न स्थापना भएको स्मल बिजनेश एड्मिनिस्ट्रेसनसँगको यो साझेदारीमा यति च्याम्बरले स्मल बिजनेश एड्मिनिस्ट्रेसनका सम्पूर्ण श्रोत तथा साधनको पूर्ण उपयोग गर्नपाउनुका साथै यति च्याम्बरलाई आवश्यक अन्य सहयोगहरू उपलब्ध गराईने उल्लेख गरिएको छ।

yeti-photo-news

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत १७ तारिखका दिन यति च्याम्बरले आयोजना गरेको दोस्रो वार्षिक डीनर समारोह मा स्मल बिजनेश एड्मिनिस्ट्रेसनका डिस्ट्रीक्ट डाइरेक्टर हर्बर्ट ऑस्टिन र यति च्याम्बर अफ कमर्सका सभापति बासु भण्डारीद्वारा सयुक्त रूपमा ह्स्ताक्षरित सो साझेदारी पत्र दुई वर्षका लागि लागु हुनेछ।

रणनैतिक साझेदारी पत्रमा हस्ताक्षर गर्दै स्मल बिजनेश एड्मिनिस्ट्रेसनका डिस्ट्रीक्ट डाइरेक्टर हर्बर्ट ऑस्टिनले यो साझेदारीले
स्मल बिजनेश एड्मिनिस्ट्रेसन र आफूलाई निकै नै उत्साही बनाएको बताउनु भएको थियो। ऑस्टिनले अमेरिकन नेपाली समुदायसँगको यो सहयात्रा मार्फत थुप्रै उद्धमीहरुलाई सहयोग पुग्ने विश्वास प्रकट गर्नु भयो।

सोही समारोहमा सम्पूर्ण नेपाली व्यवसायीका तर्फबाट स्मल बिजनेश एड्मिनिस्ट्रेसनलाई धन्यवाद ज्ञापन गर्दै यति च्याम्बरका सभापति बासु भण्डारीले यो साझेदारीले नेपाली ब्यबसायीहरुको स्तरलाई माथि उठाउन र क्षमता अभिबृधिमा एक थप नयाँ उचाइ थपेको बताउनु भयो।

अमेरिकामा रहेका नेपाली ब्यबसायीहरुको सङ्गठन मार्फत अमेरिकी सरकार सँगको निकाय सँग औपचारिक रूपमा साझेदारी भएको यो सम्भवत पहिलो पटक भएको च्याम्बर अफ कमर्स, डालस टेक्ससका महासचिव बाल जोशीले जानकारी दिनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com