२६ वर्षपछि दोहोरिए छक्कबहादुर


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, २०७४-पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट २६ वर्षपछि प्रतिनिधिसभा सदस्यमा दोहोरिएका छन् । तर, उनले वाम गठबन्धनबाट नभई स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका हुन् ।

लामाले प्रतिद्वन्द्वी कंग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतको अन्तरले पराजित गरेका हुन् ।

उनले ८ हजार ४ सय ९१ मत ल्याए भने शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् । ०४८ सालमा संयुक्त जनमोर्चाबाट देशभरीबाट जित्ने नौ सांसदमध्ये लामा पनि एक हुन् । त्यतिबेला उनले कांग्रेसका चक्रबहादुर शाहीलाई ८ मतको अन्तरले हराएका थिए ।

एमाले–माओवादीको गठबन्धन बनेपछि सांसद टिकट पाउनेमा उनी आशावादी थिए । तर, माओवादी केन्द्रले पूर्वसांसद छिमीदोर्जे लामालाई उम्मेदवार भएपछि उनी रुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका हुन् । माओवादी उम्मेदवार छिमीले सुरुमा लामालाई मनाउन कोशिस गरे । तर, लामाले छोरी–ज्वाई नाता पर्ने छिमीलाई नै मनाई दिए । त्यसैले आधिकारिक उम्मेदवार छिमी भए पनि एमाले र माओवादीको ठूलो हिस्सा छक्कबहादुरको नेतृत्वमा चुनावचिन्ह कलममा मतदानको आव्हान गर्दै प्रचारप्रसारमा जुट्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माओवादी केन्द्रले स्वतन्त्र उम्मेदवारलाई कारबाही गर्दै छिमीलाई नै आधिकारिक उम्मेदवार भने पनि अगुवा कार्यकर्ता छक्कबहादुरको पक्षमा लागिसकेका थिए । माओवादी उम्मेदवार छिमीले २ हजार ८ सय ५६ मत ल्याए ।

नव निर्वाचित लामा माओवादी जनयुद्धभर निस्क्रिय रहे । ०६१ सालमा राजा ज्ञानेन्द्रको सरकारमा सहायकमन्त्री मनोनित उनी शान्तिप्रक्रियासंगै पुन: माओवादीमा फर्किए । उनी दुर्गम क्षेत्र विकास समितिको उपाध्यक्ष र पार्टी पोलिटव्यूरो सदस्य समेत थिए । ०७० को संविधानसभा निर्वाचनमा माओवादीबाट उम्मेदवार समेत भए ।

मानवशास्त्रीका रुपमा परिचित लामा हिमाली जनजातिका अध्येतासमेत हुन् । निर्वाचित भएपछि उनले आफूलाई सहयोग गर्ने मतदातालाई धन्यवाद दिँदै जनअपेक्षा अनुसार काम गर्ने बताए । ‘प्राविधिक रुपमा स्वतन्त्र उम्मेदवारी भए पनि हुम्लाको वाम जनमत नै मेरो जितको आधार हो’ उनले भने,–हिमाली जिल्लाको विकास र समृद्धिका लागि काम गर्नेछु ।

प्रदेशसभा सदस्यतर्फ हुम्ला ‘क’बाट एमाले उम्मेदवार दल रावल विजयी भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका उनले ७ हजार १ सय ५८ मत ल्याई जितेका हुन् । उनका निकटतम प्रतिद्वन्दी काग्रेसका ठानबहादुर रोकायाले ४ हजार ८ सय ११ मत ल्याए । रावल २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी थिए । २७ हजार ५ सय ७ मतदाता रहेको हुम्लामा २१ हजार ९ सय ९५ मत खसेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com