अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणा पछि जेरुसलममा हिंसा भड्कीयो


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

काठमाडौं, २२ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरायललको राजधानीको मान्यता दिएपछि प्यालेस्टिनी इस्लामवादी आन्दोलनको अगुवाइ गरिरहेको हमासले नयाँ आन्दोलनको घोषणा गरेको छ ।

ट्रम्पको कदमपछि वेस्ट ब्याङ्क र गाजा स्ट्रिप दुवैपट्टी रहेका प्यालेस्टिनीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । हिजो भएको प्रदर्शनमा झडपमा परि ३१ जना घाइते भएका छन् भने केहिको अवस्था गम्भीर रहेको छ । अमेरिकाको दशकौं पुरानो नीतिलाई उल्ट्याउँदै राष्ट्रपति डोनल्ड ट्रम्पले विवादित जेरुसलेम शहरलाई इजरेलको राजधानीको रुपमा मान्यता दिएका हुन् । अरब देशहरुले ट्रम्पकोे कदमले मुसलमान विश्वमा हिंसालाई बढावा दिनसक्ने चेतावनी दिइसकेका छन् । जेरुसलेमलाई लिएर इजरेल र प्यालेस्टाइनबीच विवाद मात्रै छैन, दुबै देशले उक्त भूमिलाई आफ्नो राजधानी भएको समेत बताउने गरेका छन् । मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com