बागलुङ जिल्लाको सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

बाग्लुङ, मंसिर २२– बागलुङ जिल्लाका सबै क्षेत्र र प्रदेशमा वाम गठबन्धनले अग्रता लिएको छ । बिहीबार रातिदेखि सुरु गरिएको मतगणनाको पछिल्लो मतपरिणामअनुसार दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको बागलुङमा सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता छ ।

प्राप्त मत परिणामअनुसार बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार सुर्य पाठकले ११ हजार ९ सय ९० मत प्राप्त गरेका छन् । पाठकका प्रतिस्पर्धी नेपाली कांग्रेसका चम्पादेवी खड्काले ८ हजार १ सय १ मत प्राप्त गरेकी छन् ।

बाग्लुङको प्रदेशसभा ९क० मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका इन्द्रलाल सापकोटाले ५ हजार १२ मत प्राप्त गरेका छन् । सापकोटाका प्रतिस्पर्धी कांग्रेसका दिपेन्द्र थापाले ३ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । प्रदेशसभा ९ख० मा वाम गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रकाश शर्मा पौडेलले ३ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले १० हजार १ मत प्राप्त गरेका गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका निरज पुनले ७ हजार ४ सय ६४ मत प्राप्त गरका छन् । प्रदेशसभा ९क० मा वाम गठबन्धनका उम्मेदवार चन्द्रबहादुर बुढाले ५ हजार ४ सय ४ मत प्राप्त गरेका छन् । उनका नेपाली कांग्रेसका उम्मेदवार मञ्जेशबम मल्लले ५ हजार १० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ९ख० मा वाम गठबन्धनका उम्मेदवार रहेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीले ६ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जित शेरचनले ४ हजार ६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । उनका अनुसार शनिबार मध्यान्हसम्ममा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

हालसम्म गलकोट नगरपालिका १–६, जैमिनी १–५, काठेखोला १–४, ढोरपाटन नगरपालिका १–७ को गणना सकिएको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको मतगणना गर्न बाँकी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com