म्याग्दीको प्रदेशसभा ‘ख’मा एमालेकी नरदेवी पुनको जित


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ म्याग्दी, मंसिर । म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् ।

पुनले १० हजार ८६८ मत ल्याएर जित हात पारेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।

पुनसँग फगामी २ हजार ८७८ मत अन्तरले पराजित भएका हुन् ।

पुनलाई निर्वाचन आयोगले औपचारिक रुमा विजेता घोषणा गरिसकेको छ ।

त्यस्तै म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख र प्रतिनिधिसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेद्वार नै अघि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com