रुकुम पूर्वको ‘क’मा माओवादीका ओली विजयी


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, २०७४-प्रदेशसभा सदस्य ‘क’ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम पनि सार्वजनिक भएको छ ।

अन्तिम मत परिणामअनुसार माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार २ सय ८३ मत अन्तरमा पराजित गरे । ओलीको पक्षमा ५ हजार ४ सय २७ मत आएको छ भने कांग्रेसका पुनले २ हजार १ सय ४४ मत ल्याएका छन् । उनी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रुकुम पूर्वको जिल्ला इन्चार्ज हुन् । १३ हजार ९ सय ३ मतदाता रहेको ‘क’ निर्वाचन क्षेत्रमा ८ हजार ८ सय ६१ मत खसेको थियो । खसेको मध्ये ८ हजार ४ सय ८४ मत मात्रै सदर भएको छ । ४ जनाको उम्मेदवारी परेको उक्त निर्वाचन क्षेत्रमा नयाँ शक्तिका राखिमान घर्तीले ८५१ ल्याएका छन् भने राष्ट्रिय जनमोर्चाका अनाराम पुनले ५९ मत ल्याएका छन् ।

जिल्लाको प्रतिनिधिसभा सदस्यमा यसअघि नै माओवादी केन्द्रकै कमला रोका विजयी भइसकेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com