बागलुङमा मत गणना शुरु


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

मंसिर २१, बागलुङ–पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भएको ११ दिनपछि आज बागलुङमा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको आदेश अनुसार दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आज सॉझ पाँच बजेदेखि बागलुङमा मतगणना सुरु हुने भनिए पनि काँग्रेस र वाम एकताबीच विवाद भएपछि केही ढिला गरेर आठ बजेबाट मतगणना सुरु भएको हो ।

जिल्ला समन्वय समिति बागलुङको सभाहलमा तारजाली भित्र ८ वटा सीसीटीभीको निगरानीमा बागलुङका दुई निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको र निर्वाचन क्षेत्रका २–२ वटा प्रदेशसभाको मतपेटिकाहरुको ६ स्थानमा मतगणना सुरु भएको छ । मतगणनाको लागि एक सय कर्मचारीहरु खटाइएको छभने मतगणना वरीपरीको सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई खटाइएको छ ।

तारजाली भित्र मतगणकहरुले मत गनेका छन् भने तारजाली बाहिर बसेर दलका एजेण्टहरुले हेरीरहेका छन । गत मंसिर १० को पहिलो चरणमा भएको मतदानमा बागलुङ ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बाम गठवन्धन बनाएर एकतावद्ध रुपमा चुनावी मैदानमा छन् भने नेपाली कांग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रतिस्पर्धामा छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र बामगठवन्धनबाट एमालेका सुर्य पाठक प्रतिस्पर्धामा छन । प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका निरज पुन र बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा रहेका छन । बागलुङबाट प्रतिनिधिसभाको लागि २ निर्वाचन क्षेत्र र प्रदेशसभाको ४ निर्वाचन क्षेत्रबाट ६ जनाका लागि २६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com