बाम गठवन्धन ९७, कांग्रेस गठवन्धन ३८ र मधेश गठवन्धन १५ सिटमा विजयी हुने


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

एबीसी टेलिभिजनले गरेको एक्जिट पोलमा बाम गठवन्धनको सहज बहुमत आउने देखिएको छ । पोलका अनुसार बाम गठवन्धनले प्रत्यक्षतर्फको १६५ सिट मध्ये कम्तीमा ९७ सिट प्राप्त गर्ने देखिएको छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस नेतृत्वको गठवन्धनको ३८ स्थान आउने देखिएको छ । मधेशी गठवन्धनले १५ स्थान प्राप्त गर्दा अन्य दलले ३ स्थान प्राप्त गर्ने देखिन्छ ।

एबीसी पोलका अनुसार १२ सिट तिव्र प्रतिस्पर्धी सिट देखिएका छन् । तिव्र प्रतिस्पधी सिटहरुमा पनि बाम गठवन्धन र नेपाली कांग्रेसको नै प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा राप्रपाका दुई वटा समूह र नयां शक्ति सहितका केही साना दल रहेका छन् । मधेशका कतिपय स्थानमा कांग्रेस गठवन्धन र मधेश गठवन्धनका बीचमा समेत तालमेल भएको छ ।

एबीसी एक्जिट पोलका अनुसार बाम गठवन्धनका दुई दलले समानुपातिकमा कम्तीमा ४५ प्रतिशत मत प्राप्त गर्ने छ । त्यो मतका आधारमा समानुपातिक सिट संख्या ५० को आसपासमा हुनेछ । कांग्रेस गठवन्धनले समानुपातिकमा ३० प्रतिशतको आसपास मत ल्याउने देखिन्छ ।

केन्द्रीय संसदको २७५ मध्ये बहुमत सरकार गठन गर्न कम्तीमा १३८ सिट संख्या आवश्यक पर्दछ । बाम गठवन्धनले १५०को आसपासमा सहजै संख्या पु¥याउने एबीसी एक्जिट पोलले देखाएको छ । त्यो संख्या अझै बढ्न सक्ने अधिक सम्भावना छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाम गठवन्धनको सहज बहुमत आउंदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निश्चित भएको टेलिभिजनले घोषणा गरिदिएको छ ।
एबीसी टेलिभिजनले यस अघि सम्पन्न स्थानीय तहको निर्वाचनका बेलाका तीनै चरणमा गरेको एक्जिट पोल ९९प्रतिशत मिलेको थियो । अन्य देशमा जस्तै नेपालमा पनि चुनावलाई उत्सवका रुपमा लिनका लागि एबीसीले एक्जिट पोलको नयां अभ्यास गरेको एबीसीका अध्यक्ष तथा समाचार प्रमुख शुभशंकर कंडेलले बताए ।

पोलका अनुसार बाम गठवन्धनले ५९ प्रतिशत स्थान जित्ने देखिएको छ भने नेपाली कांग्रेसले २३ प्रतिशत र मधेशी गठवन्धनले ९ प्रतिशत र अन्य साना दलले २ प्रतिशत स्थानमा जित्न सक्ने छन् । पोलका अनुसार ७ प्रतिशत स्थान अनिर्णित अर्थात तिव्र प्रतिस्पर्धी रहेका छन् ।

टेलिभिजनले ओपिनियन पोल गर्ने योजना बनाए पनि निर्वाचन आयोगले रोक लगाएका कारण स्थगन गर्न परेको टेलिभिजन व्यवस्थापनले जनाएको छ ।
नेपालमा गणतन्त्रको स्थापना, संविधानसभाबाट संविधान र कुनै पनि हालतमा संविधानका कार्यान्वयनका लागि निर्वाचन हुनु पर्ने विषयमा एबीसीले अग्रस्थानमा रहेको अभियान चलाएको थियो ।

तस्विर : लोकान्तर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com