गोरखा–२ मा बाबुराम भट्टराईको अग्रता


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

पहिलो चरणअन्तर्गत मंसिर १० गते मतदान भएको गोरखा–२ मा मतगणना शुरु भएको छ ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेपाली कांग्रेससमेतको समर्थनमा उम्मेदवार रहेका नयाँ शक्ति नेपाली पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुरुवाती अग्रता लिएका छन् ।

ताप्लेजुङमा वाम गठवन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । एमाले उम्मेदवार योगेश भट्टराई १३१४ मतका साथ अगाडि छन् ।

सिन्धुपाल्चोकको मतगणनामा वाम गठवन्धनले शुरुवाती अग्रता लिएको छ । सिन्धुपाल्चोकको एक नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अग्नी सापकोटाले ७३५मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मोहन वस्नेतले ३३५ मत पाएका छन् ।

पुर्वी रुकुमको शुरुवाती चरणमा बामगठबन्धन अघि देखिएको छ । माओवादी केन्द्रकी कमला रोकाले ५०३ प्राप्त गरेकी छन् भने कांग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन् । नेकपा मालेका मोतिराम खड्काले २७, नयाँ शक्तिका जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाइजेशनका रतन बहादुर बुढाले ६ मत ल्याएका छन ।

मनाङमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङले अग्रता लिएका छन् । मनाङ प्रदेशसभा ख का स्वतन्त्र उम्मेदवार गुरुङले १६१ मत ल्याएका छन् । यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कर्मा गुरुङले १०५ मत ल्याएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com