६७ प्रतिशत मत खस्यो, २ स्थानको स्थगित


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

मंसिर २१, दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। निर्वाचन सकिएपछि आयोगले गरेको पत्रकार सम्मेलनमार्फत आज कुल ६७ प्रतिशत मत खसेको छ।

सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।

पहिलो चरणको तुलनामा दोस्रो चरणमा केही बढी मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए।

मतदानको आंकडा बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए। यसअघि पहिलो चरणमा ६५ प्रतिशत मतदान भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलले ‘संवैधानिक दायित्व पूरा गर्न सफल भएको’ बताए। ‘कुनै व्यक्तिको हताहत नभइकन निर्वाचन सम्पन्न भएको छ’, पौडेलले भने, ‘सुरक्षाकर्मी र गृह मन्त्रालयलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।’

सबै जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएका छन् ।

दोस्रो चरण अन्तर्गत आज भएको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मतदान गरेका छन्। निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएका थिए ।

२ वटा मतदानकेन्द्रको स्थगित

अर्घाखाँचीको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वाड नं। ५ मथुरा माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको मतदान स्थगित भएको हो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र दिन थालेपछि उक्त मतदान केन्द्रमा स्थानीयले तोडफोड गरेका थिए।

तोडफोडपछि पुनः निर्वाचन सुरु हुन नसकेपछि निर्वाचन आयोगले उक्त मतदान केन्द्रको मतदान पक्रिया नै स्थगित गरिएको हो।
आयोगले केही दिनपछि उक्त क्षेत्रमा मतदान गर्ने भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com