हरायो मानवता, तीन वर्षीया बालिकालाई बलात्कार


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

काठमाडौं । तीन वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बालिकालाई सोमबार जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेको भुम्लु गाउँपालिका–६ नर्जाउ का १७ वर्षीय दिपक मैनालीलाई मंगलबार पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव निरीक्षक जगदिश खड्काले बताए ।

उनले महिला खबरसँग कुरा गर्दै भने, ‘अहिले बालिकालाई मेडिकल गर्न पठाएको छौँ । रिपोर्ट आएपछि कारबाही अगाडी बढाउँनेछौ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com