बुधबार राति शक्तिशाली भुकम्पको धक्का महशुस ..


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

बैतडी, मंसिर २०
बुधबार राती ९ बजेर ४ मिनेटमा बैतडी सहित प्रदेश नम्बर सातका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारत उत्तराखण्ड केन्द्र बनाएर ५.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत कार्तिक २२ मा पनि भारत उत्तराखण्ड केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् चिन्तन तिमिल्सेनाले जानकारी दिए । भूकम्पले कुनै भौतिक क्षति पुर्याएको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com