Follow @khasokhasmag

भोट हालेपछि प्रचण्डले भने- समृद्धिको यात्रा सुरु भयो


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

२१ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको उनले बताए ।

उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि बताए । प्रचण्डले सबैलाई ऐतिहासिक चुनावमा सहभागी हुन अपिल पनि गरे ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com